Modern technology gives us many things.

आजको राशिफल : २०८२ साउन ७ गते, बुधवार

काठमाडौं, साउन ७ :आज बुधवार, २०८२ साउन ७ गते, तपाईंको दैनिक राशिफल अनुसार विभिन्न राशिहरूका लागि आ–आफ्नै प्रकृतिका अनुभव र अवसरहरू रहने देखिएको छ। नेपाल पञ्चाङ्ग अनुसार आज चन्द्रमा मकर राशिमा र सूर्य कर्कट राशिमा रहेका छन् भने आज सूर्योदय बिहान ५:२३ बजे र सूर्यास्त साँझ ६:५६ मा हुनेछ।

आज कुनै पनि शुभकार्यका लागि बिहान ६:१२ देखि ८:१९ सम्मको समयलाई विशेष फलदायी मानिएको छ। यात्रा गर्दा कागती पानी पिएर जुनसुकै दिशातर्फ लागे पनि शुभ फल प्राप्त हुने जनाइएको छ।

राशिअनुसार दिन कस्तो रहला ?

मेष : आध्यात्मिक मोह र नयाँ सीपको ज्ञान प्राप्त हुने दिन। नयाँ आम्दानीको स्रोत पहिल्याउने समय हो। परिवारको साथले मन प्रशन्न रहनेछ।

वृष:आशावादी सोच भए पनि लापरवाहीले हानी पुर्‍याउन सक्छ। एकाग्रता घट्न सक्छ। विवादास्पद निर्णयमा संलग्न हुनुपर्ने स्थिति देखिन्छ।

मिथुन : प्रेम भावनामा गहिरो सम्बन्ध बन्नेछ। खर्च बढ्न सक्ने भए पनि आजको त्यागले भविष्य बलियो बनाउनेछ। लगानी उपयुक्त देखिन्छ।

कर्कट : व्यस्त दिन, स्वास्थ्य र प्रेम जीवनमा असर पर्न सक्छ। नयाँ विषयमा रुचि बढ्नेछ। थोपा मिहिनेतले मानसम्मान पाइने दिन।

सिंह :क्षमता प्रदर्शनको अवसर, सिनियरको नजरमा पर्न सकिने दिन। प्रेम सम्बन्धमा मिठास आउनेछ। नयाँ योजना सुरु गर्न अनुकूल।

कन्या :चित्त अशान्त हुन सक्छ, सम्बन्धमा बाहिरी हस्तक्षेप देखिन्छ। भाग्य बलियो छ, तर नयाँ निर्णय नलिनु राम्रो हुनेछ।

तुला :कला र साहित्यप्रति रुचि बढ्नेछ। नयाँ मित्रता बन्न सक्छ। सहकर्मीको सहयोगले सफलता मिल्नेछ।

बृश्चिक : सौन्दर्य र गीतसङ्गीतमा रुचि बढ्नेछ। मन हलुका हुनेछ। अहङ्कार र रिसरागबाट बच्नुपर्छ।

धनु : सन्तानको साथ, दैनिक काममा लाभ हुने संकेत। पुराना साथीभाइको भेटले खुसी दिनेछ। परिश्रमको फल पाइनेछ।

मकर :मानसिक अस्थिरता र ढिलासुस्ती हुन सक्छ। सानो लापरवाहीबाट ठूलो नोक्सानी हुनसक्छ। घरपरिवारसँग समय बिताउने उपयुक्त समय।

कुम्भ : उत्कृष्ट खाना, इष्टमित्रको साथ र करियरमा प्रगति। नयाँ जिम्मेवारी थपिन सक्छ। रमाइलोमा सन्तुलन कायम राख्नुपर्ने आवश्यकता।

मीन : आर्थिक हिसाबकिताब मिलाउने समय। अड्किएको धन फिर्ता पाउने सम्भावना। परीक्षा र भविष्यका लागि राम्रो दिन।

🔯 नोट: राशिफल पञ्चाङ्ग, ग्रहगोचर, योग र नक्षत्रका आधारमा तयार गरिएको हो। व्यक्तिको नाम, जन्म समय, स्थान र नक्षत्रको आधारमा फल फरक पर्न सक्छ।

Leave A Reply

Your email address will not be published.