Modern technology gives us many things.

पोखरेलको जोड : “नयाँ पुस्तालाई कृषि पेसामा जोड्न आवश्यक”

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि पेसामा संलग्न गराउनु पर्नेमा जोड दिएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालद्वारा सुरु गरिएको एक महिने बृहत् रक्तदान अभियानको उद्घाटन गर्दै उनले कृषि क्षेत्रको रूपान्तरण नगरी देशको समृद्धि असम्भव हुने धारणा राखे।

कार्यक्रमको अवसरमा आयोजित खीर खाने समारोहमा सहभागी पोखरेलले भने, “जमिन बाँझो रहन्छ, युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् – अब यो अवस्था बदल्नुको विकल्प छैन।” उनका अनुसार, नेपालमा ठूलो सङ्ख्यामा युवालाई समेट्न सक्ने एकमात्र सम्भावनायुक्त क्षेत्र कृषि नै हो।

महासचिव पोखरेलले कृषि पेसालाई व्यावसायिक रूपमा विस्तार गर्न नसक्दा युवापुस्ताको आकर्षण कमजोर भएको उल्लेख गर्दै अब कृषि नयाँ पुस्ताको साझा आन्दोलनको एजेन्डा बन्नुपर्ने बताए।

कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले युवालाई कृषिमा संलग्न गराउन सङ्घले विशेष योजना बनाएको जानकारी दिए। उनले कृषि आधुनिक बनाउँदै युवालाई आत्मनिर्भर बनाउने रणनीतिमा सङ्घ क्रियाशील रहेको बताए।

Leave A Reply

Your email address will not be published.