Modern technology gives us many things.

नेपाल दशनामी समाज युवा समितिको प्रथम बारा जिल्ला भेला भोलि कलैयामा

कलैया, साउन १५: नेपाल दशनामी समाज युवा समितिको प्रथम बारा जिल्ला भेला आज कलैयामा हुने भएको छ।

भेलाका लागि कलैया उपमहानगरपालिका-१ स्थित देवकी लाल धर्मशालालाई स्थान तोकिएको समितिले जनाएको छ। भेला बिहान १० बजे सुरु हुनेछ।

समितिले बारा जिल्लाभरिका सम्पूर्ण दशनामी युवा तथा सरोकारवालाहरुलाई समयमा उपस्थित भई भेला सफल बनाउन आह्वान गरेको छ। भेलामा संगठन सुदृढीकरण, युवा नेतृत्व विकास, सामाजिक योगदानका क्षेत्र र आगामी कार्ययोजनाबारे छलफल गरिने बताइएको छ।

युवा समितिका संयोजकले भेला ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्दै सबैको सकृय सहभागिता आवश्यक रहेको उल्लेख गरेका छन्।

Leave A Reply

Your email address will not be published.