Modern technology gives us many things.

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरुः परराष्ट्रमन्त्री

काठमाडौं, २३ साउन :परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवम् उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छिन् ।

सो बाढीमा परेर केही २० भन्दा बढी नेपाली बेपत्ता भएका समाचार सार्बजनिक भए पछि नेपालीहरूको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी दिएकी हुन ।

उनले सामाजिक सञ्जालमार्फत सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको बताएकी हुन ।

उनले लेखेकी छिन, ‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ । उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु।’

साथै, सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्तसमेत ब्यक्त गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.