Modern technology gives us many things.

रसुवाको बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शवदाह

बाराको फेटा गाउँपालिका–१ भलुहीका प्रहरी जवान मुन्ना ठाकुरको रसुवामा आएको बाढीमा बेपत्ता भएपछि कुशको प्रतीकात्मक शव तयार गरी अन्तिम संस्कार गरिएको छ।

गत साउन २० गते रसुवाको त्रिशूली नदीमा आएको बाढीले बहेका ठाकुरको खोजी कार्य अझै जारी छ। तर लामो समयसम्म पनि शव फेला नपरेपछि परिवारजन र गाउँलेहरूले परम्पराअनुसार कुशको शव बनाई आज अन्त्येष्टि गरेका हुन्।

अन्तिम संस्कारमा स्थानीय जनप्रतिनिधि, प्रहरी परिवार, नातेदार तथा गाउँलेहरूको उपस्थिति थियो। घटनापछि प्रहरीको गोताखोर टोली र स्थानीय स्वयंसेवकले खोजी कार्य गरिरहेपनि असफल हुँदै आएको छ।

परिवारजनले मुन्ना ठाकुरको स्मृति र योगदानको सम्झनामा गाउँमा श्रद्धाञ्जलि सभा गर्ने तयारीसमेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.