Modern technology gives us many things.

सर्लाहीमा २० किलो बढी गाँजासहित दुई जना पक्राउ

सर्लाही, ५ भदौ :सर्लाही स्थित प्रहरीले २० किलो भन्दा बढी लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।

बिहीवार साँझ करिब ४ बजेको समयमा प्राप्त विशेष सूचनाको आधारमा हरिपुर्वा नगरपालिका–५ स्थित रुपेश साहको पक्की घरमा खानतलासी गरिएको थियो।

प्रहरी चौकी हरिपुर्वाबाट असई शेख हफ्जुल्लाहको कमाण्डमा ४ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट इन्स्पेक्टर रविन्द्र कार्कीको कमाण्डमा ११ जना तथा इलाका प्रहरी कार्यालय केशरगंजबाट इन्स्पेक्टर उमाकान्त जोशीको कमाण्डमा ११ जना सहितको संयुक्त टोली खटिएर तलासी गरेको थियो।

खानतलासीको क्रममा घरको छतमा लुकाई छिपाई राखिएको करिब २० किलो ३४० ग्राम लागू औषध गाँजा फेला परेपछि सो घरधनी रुपेश साह (४५ वर्ष) र उनकी श्रीमती प्रतिमा कुमारी साह (३५ वर्ष) लाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरी प्रवक्ता सरोजकुमार राईले न्युज कारखानालाई बताए।पक्राउ परेका व्यक्तिहरुलाई बरामद लागूऔषध सहित आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, सर्लाही पठाइएको छ।

Leave A Reply

Your email address will not be published.