Modern technology gives us many things.

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले सांसदहरूको जवाफ दिइने

काठमाडौं, ६ भदौं : प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा गृह, श्रम, खेलकुद र बन मन्त्रालयसँग सबन्धित प्रश्नको सबन्धित मन्त्रीहरूले उत्तर दिनेछन् भने कृषी, सहकारी, प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापाले ‘भुमी सबन्धी केही नेपाल एेनलाई संसोधन गर्ने बिधेयक सबन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्नेछिन् ।

कृषी तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सक परिषद (पहिलो संसोधन) बिधेयक, २०८२ माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने सञ्चार तथा सुचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ‘सुचना प्रबिधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद बिकास (पहिलो संसोधन) बिधेयक, २०८२ दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

र, उपप्रधान तथा अर्थमन्त्री बिष्णुृप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहित वैकल्पिक बित्त परिचालन बिधेयक, २०८ माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने सो बिधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.