श्रीकृष्ण जन्माष्टमीको अवसरमा पचायनपुरमा छठीयार समारोह
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा कलैया उपमहानगरपालिकाको वडा नं. १९ पचायनपुरमा कलैया उपमहानगरपालिकाको पुर्व नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यमा छठीयार समारोह सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व नगर प्रमुख यादवले सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । पुराणका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । आपसी सद्भाव र प्रेमको उदाहरणको रूपमा पनि लिइन्छ भनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा नेपाली कांग्रेसको जिल्ला उपसभापति मनोज भट्ट, नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, लगायत विभिन्न पार्टीका प्रतिनिधि, गाउँका भद्रभलादमी, समाजसेवी, भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा भक्तजनहरुले प्रसाद ग्रहण गरेको आयोजकले जनाएको छ ।