Modern technology gives us many things.

हैजा फैलिने जोखिम : प्रसौनी गाउँपालिकाले लगायो स्ट्रिट फुडमा प्रतिबन्ध

कलैया, ०८ भदौ। वीरगञ्जमा हैजाका बिरामी फेला परेपछि सँगै जोडिएको बाराको प्रसौनी गाउँपालिकाले समेत सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका लागि तत्काल सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।
गाउँपालिकाले विशेषगरी अस्वस्थकर खाद्य पदार्थबाट हैजा फैलिन सक्ने भन्दै सडक छेउमा खुला रुपमा बिक्री हुने चटपटे, पानीपुरी, चाट, माछा जस्ता स्ट्रिट फुडको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। साथै, होटल तथा रेस्टुरेन्टहरूमा पकाइएका खाद्य पदार्थलाई स्वच्छ वातावरणमा बिक्री गर्नुपर्ने गाउँपालिका अध्यक्ष विनोद प्रसाद जयसवालद्वारा जारी सुचनामा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष जयसवालद्वारा हस्ताक्षरित सूचनामा खानापछि र शौचालय प्रयोग गरेपछि साबुन पानीले राम्ररी हात धुने, उमालेको वा फिल्टर गरिएको मात्र पानी पिउने, सडेको वा बासी खाना नखानेजस्ता सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.