प्रसौनीमा हैजा नियन्त्रणका लागि अनुगमन तथा जनचेतना कार्यक्रम
छिमेकी जिल्ला पर्साको वीरगन्ज महानगरपालिकामा केही दिनयता हैजाको संक्रमण महामारीका रूपमा फैलिन थालेपछि बारा जिल्लाको प्रसौनी गाउँपालिकाले हैजा नियन्त्रणका लागि विशेष पहल थालेको छ।
मङ्गलबार (२०८२ भदौ १० गते) प्रसौनी गाउँपालिकाको सहयोगमा गाउँपालिकाको बजार क्षेत्रमा मासु, माछा, मिठाई, पानीपुरी, चटपटे, किराना तथा नास्ता पसलहरूमा अनुगमन गरिएको हो। अनुगमनसँगै व्यवसायी र सर्वसाधारणबीच हैजा रोगबारे जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रम मार्फत खाद्य सामग्री स्वच्छ राख्नुपर्ने, खानेपानी उमालेर मात्र प्रयोग गर्ने, सरसफाइमा ध्यान दिनुपर्ने लगायतका विषयमा जानकारी दिइएको थियो। गाउँपालिकाको स्वास्थ प्रमुखले हैजा रोग सर्न नदिने उदेश्यले बजार क्षेत्रमा यस्ता अनुगमन कार्य निरन्तर जारी रहने बताएका छन्।
