Modern technology gives us many things.

रूबीकुमारी साह हत्या आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु

काठमाडौं, ११ भदौ : रूबीकुमारी साह सुडीको हत्या आरोप लागेका लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख अपिल बोहराका अनुसार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत पासवानको बुधबार अपराह्न ५:५५ बजे निधन भएको हो।

पासवानलाई आज बिहान रौतहटको माधवनारायण नगरपालिका क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्दा उनी गम्भीर रूपमा जलेको अवस्थामा फेला परेका थिए। अवस्था जटिल भएपछि तत्कालै काठमाडौं ल्याई उपचारका लागि बर्न अस्पताल भर्ना गरिएको थियो।

प्रहरीका अनुसार मृतक पासवानमाथि रूबीकुमारी साह सुडीको हत्या गरेको आरोप लागेको थियो।

Leave A Reply

Your email address will not be published.