Modern technology gives us many things.

गम्हरिया फाउन्डेसनको पहलमा वृक्षारोपण कार्यक्रम सम्पन्न

गम्हरिया, बारा : गम्हरिया फाउन्डेसनको पहल र सहयोगमा शनिबार फेटा गाउँपालिका–७ गम्हरियामा विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय युवा, सामुदायिक अगुवा, किसान तथा फाउन्डेसनका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत लुकही माइदेखि कन्चनपुर कुकुरभुका पोखरीसम्म सडक किनार तथा सार्वजनिक स्थलहरूमा सयौँ विभिन्न प्रजातिका फलफूल र छायादार बिरुवा रोपिएका छन्।

फाउन्डेसनका प्रतिनिधिहरूले वृक्षारोपणसँगै यसको संरक्षण र दीर्घकालीन हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, यस्तो अभियानले वातावरणीय सन्तुलन कायम गर्न, प्रदूषण नियन्त्रण गर्न र स्थानीय जनजीवनमा दीर्घकालीन लाभ पुर्‍याउनेछ।

सामाजिक अभियन्ता राजकिसोर साहले भने, “सानो बिरुवाले भविष्यमा ठूलो छायाँ दिने मात्र होइन, स्वच्छ हावा र जीवनको आधार पनि बन्न सक्छ।”

त्यस्तै, गम्हरिया फाउन्डेसनका सहकर्मी अभय तिवारीले यो अभियानले भविष्यका पुस्ताका लागि हरियाली र स्वस्थ वातावरण निर्माणमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सबैलाई वृक्षारोपणमा सहभागी भई हराभरा र स्वच्छ गाउँ निर्माणमा हातेमालो गर्न आग्रह गरे।

Leave A Reply

Your email address will not be published.