Modern technology gives us many things.

पूर्व राष्ट्रपति भण्डारी कलैयामा आयोजित जन्मजयन्ती समारोहमा सहभागी

कलैया बारा: मदन भण्डारी फाउन्डेशन मधेश प्रदेश कमिटीले आयोजना गरेको ७५ औं जन्मजयन्ती समारोह अन्तर्गतको कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी सहभागी भएकी छन्।

उनी आइतबार दरबार होटल, कलैयामा केहिबेर अघि उपस्थित भई कार्यक्रममा सहभागी भएकी हुन्। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, स्थानीय प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

पूर्व राष्ट्रपति भण्डारीले केहीबेरमै उपस्थित कार्यकर्ताहरूसमक्ष सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.