Modern technology gives us many things.

पूर्वराजा शाह : समस्याको समाधान देशभित्रै खोज्नुपर्छ

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा उठेका सुशासन र आर्थिक अनुशासनका मागलाई सम्बोधन गर्दै समस्याको समाधान बाहिर होइन, देशभित्रै खोज्नुपर्नेमा जोड दिएका छन्।

उनको संवाद सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्लो पुस्ताले उठाएका आन्दोलनलाई हिंसात्मक वा अराजक हुन नदिने तथा कसैको घुसपैठ हुन नदिन आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घाइते बनाउनु अत्यन्तै दुखद र निन्दनीय छ। यस्तो घटना शान्तिप्रिय नेपाली समाजको मान्यताविपरीत रहेको छ।”

पूर्वराजा शाहले युवाको जायज माग सम्बोधन नगरी हिंसात्मक घटना हुनु राष्ट्रका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै सबै पक्षलाई संयम र समाधानमुखी संवादतर्फ उन्मुख हुन आह्वान गरेका छन्।

Leave A Reply

Your email address will not be published.