Modern technology gives us many things.

लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह, अन्यथा कारबाही हुने

काठमाण्डौ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयमा तोडफोड र आगजनीपछि लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ।

आयोगले सूचना जारी गर्दै इटहरी, हेटौंडा, पोखरा, बुटवललगायतका कार्यालयमा भएका तोडफोड र चोरीका सामग्री तुरुन्त बुझाउन आग्रह गरेको हो। ती कार्यालयहरूबाट चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी, टेलिभिजन, कम्प्युटर, माइक्रो ओभन, हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पंखालगायत उपकरण चोरी भएको आयोगले जनाएको छ।

 

आयोगले चोरी वा फेला परेका सामग्री काठमाण्डौमा प्रहरी वृत्त मालिगाउँमा तथा अन्य जिल्लामा सम्बन्धित प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। साथै, लुटपाटमा संलग्न व्यक्तिहरूलाई सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको र फिर्ता नगरे कानूनी कारबाही हुने चेतावनी दिएको छ।

Leave A Reply

Your email address will not be published.