आज २०८२ असोज २ गते बिहीवारको राशिफल
आज २०८२ असोज २ गते बिहीवार, तद्अनुसार १८ सेप्टेम्बर २०२५ । आज असोज कृष्ण द्वादशी, शिव कौलव पुष्य, द्वादशी श्राद्ध, सूर्योदय बिहानः ०५ः५० बजे, सूर्यास्त साँझः १८ः०५ बजे ।
मेष राशि
मेष राशि भएकाहरुलाई आज चिन्ता तथा तनाव रहने छ । फजुल खर्च हुनेछ । विवाद नगर्नु होला । आवश्यकताहरू बढ्ने छन् । आर्थिक अभाव हुन सक्छ । लाभका अवसर हात लाग्ने छन् । शुभ रंग आकाशे हो भने शुभ अंक २ रहेको छ ।
वृष राशि
वृष राशि भएकाहरुको यात्रा, जागिर र लगानी मनोनुकूल हुनेछन् । रोकिएको पैसा उठाउन सकिने छ । व्यवसाय राम्रोसँग चल्ने छ । विवाद नगर्नु होला । आँखामा पीडाको सम्भावना छ । केही लाभ हुनेछ । यात्रा स्थगित हुन सक्छ । शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ ।
मिथुन
मिथुन राशि भएकाहरुको कार्य प्रणालीमा सुधार हुनेछ । योजना सफल हुनेछ। प्रतिष्ठा बढ्ने छ । लाभ हुनेछ । सम्पत्ति बढ्ने सम्भावना छ । विरोधी सक्रिय हुनेछन् । शुभ रंग आकाशे हो भने शुभ अंक २ रहेको छ ।
कर्कट राशि
कर्कट राशि भएकाहरुलाई राजकीय सहयोग प्राप्त हुनेछ । धर्म कर्ममा रुचि बढ्ने छ । व्यवसाय राम्रोसँग चल्नेछ । आम्दानी बढ्ने छ । लाभ(हानिको वातावरण रहने छ । पराक्रम बढ्ने छ । शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।
सिंह राशि
सिंह राशि भएकाहरुलाई चोटपटक, चोरी वा विवाद आदिबाट हानी सम्भावना छ । व्यवसाय राम्रो चल्ने छ । हतार नगर्नु होला । खर्च बढ्ने छ । धन प्राप्तिको अवसर हुनेछ । शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ ।
कन्या राशि
कन्या राशि भएकाहरुको अदालतसम्बन्धी काम बन्ने छन् । प्रेम प्रसङ्गमा अनुकूलता रहने छ । धन प्राप्ति सहज हुनेछ । हानि, भय र कष्टको वातावरण बन्ने छ । केही लाभका संकेत देखिने छ । शुभ रंग आकाशे हो भने शुभ अंक ४ रहेको छ ।
तुला राशि
तुला राशि भएकाहरुलाई सम्पत्ति सम्बन्धी कार्यले लाभ दिनेछ । थकान महसुस हुनेछ । रोजगारी बढ्ने छ । प्रसन्नता रहने छ । नयाँ कामको सुरुवातको अवसर बन्ने छ । शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ ।
वृश्चिक राशि
वृश्चिक राशि भएकाहरुको रचनात्मक कार्य सफल हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइने छ । व्यवसायमा लाभ हुनेछ । राज्यतर्फबाट लाभको अवसर बढ्ने छ । फाइदा हुनेछ । शुभ रंग पहेँलो हो भने शुभ अंक ५ रहेको छ ।
धनु राशि
धनु राशि भएकाहरुको व्यस्तता बढ्ने छ । विवाद नगर्नु होला । स्वास्थ्य कमजोर रहने छ । धन लाभको अवसर पाइने छ । शत्रुहरू शान्त हुनेछन् । सवारी साधन चलाउँदा सचेत रहनु होला । शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।
मकर राशि
मकर राशि भएकमाहरुलाई मेहनतको फल प्राप्त हुनेछ । काम सफल हुनेछ । प्रसन्नता हुनेछ । सम्मान पाइन सक्छ । धन प्राप्तिको अवस्था बन्ने छ । शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ ।
कुम्भ राशि
कुम्भ राशि भएकाहरुको पुराना साथीहरूसँग भेट हुने सम्भावना छ । उत्साह दिने समाचार पाइने छ । व्यवसाय राम्रोसँग चल्ने छ । धन प्राप्ति हुनेछ । लाभ तथा हानि बराबरी रहने छ । शुभ रंग गुलावी हो भने शुभ अंक २ रहेको छ ।
मीन राशि
मीन राशि भएकाहरुको यात्रा, जागिर र लगानी फलदायी हुनेछ । अप्रत्याशित लाभ हुनेछ । खुशी मिल्ने छ । शुभ समाचार प्राप्त हुने सम्भावना छ । साहस देखाउने अवसर हुनेछ । लाभ पाइने छ । शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।