तीन दिनदेखि बाटो बन्द भएका कारण हजारौं गाडी र यात्रीहरू बाट‍ोमै अलपत्र थिए । बाटोमा गाडीको चाप कम हुँदै गएपछि दुई तर्फी रूपमा नै यातायात चलाउन मिल्ने गरेर पहिरो सफा गर्न सुरू हुने इन्जिनियर आचार्यको भनाइ छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेकन प्रहरी निरीक्षक गनयत्रीरमज शर्माले चालकहरूलाई सडकमा आफ्नो लेन अनुरूप मात्रै गाडी चलाउन अपिल गरे।

सडकमा गाडीको चाप धेरै कम भएको उनले बताए । अगाडिको गाडीलाई उछिन्न अर्को लेनमा जाँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने र बाट‍ोमा गाडीकै कारणले जाम हुन सक्ने हुँदा ओभरटेक गर्दै नगर्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ।