यात्रुवाहक सवारीसाधनलाई आजदेखि देशभर रुट परमिट खुला
काठमाडौँ । सरकारले यात्रुवाहक सवारीसाधनका लागि आजदेखि देशभर रुट परमिट खुला गरेको छ । चाडपर्वमा यातायात व्यवस्थापनका लागि आजदेखि असोज २२ गते (पूर्णिमाकाे पर्सिपल्ट) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
यस्तै बाटाे अवरुद्ध बनेका कारण मुग्लिन -नारायणगढ सडक खण्ड लगायतमा सवारीकाे जाम बढेकाे र आजदेखि देशभर रुट परमिट खुला रहेकाले सबै निकायलाई सहजिकरणका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ ।
नागढुङ्गा सुरुङमार्ग यात्रुवाहक बसहरूलाई काठमाडौँबाट जाँदा एकतर्फी छोड्ने भएको सहमति छिटाे लागू गर्न समेत उनले माग गरे । साभार: रातोपाटी