जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिकामा शङ्कास्पद देखिएको भन्दै छानबिनको माग
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै घटना छानबिनको लागि निवेदन परेको छ । काठमाडौँ उपत्यकामा कार्यरत पीडित प्रहरी कर्मचारीको नाममा उच्चस्तरीय जाँचबुझ आयोगमा छानबिनको माग गर्दै निवेदन परेको हो ।
भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवनमाथि आन्दोलनकारीले आक्रमण गर्दा सुरक्षाकर्मीहरूले कुनै प्रतिक्रिया नजनाई आगजनी गर्न दिएको र कर्फ्यु आदेशमा नेपाली सेना परिचालित नहुनु शङ्कास्पद देखिएको उल्लेख गरिएको छ ।