Modern technology gives us many things.

सशस्त्र प्रहरीद्वारा ५० हजार मूल्य बराबरको पटका बरामद

वीरगञ्ज : सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा अन्तर्गतको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले पटाका बरामद गरेको छ। शङ्कराचार्य द्वार अगाडिको चेकपोस्टबाट वीरगञ्ज–१६ स्थित भन्सार मेन गेट चेक प्वाइन्टमा जाँचको क्रममा बा १२ च ३१०३ नम्बरको कारबाट ठूलो परिमाणमा पटाका बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीलाई देखेपछि चालक फरार भएका थिए। कारको डिकीभित्र ९ वटा कार्टुनमा लुकाइ–छिपाई राखिएका ५० हजार रुपैयाँ बराबरका पटका फेला परेको हो। पानीमा हालेर पटाका नष्ट गरिएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले जानकारी दिए ।

पटाका ओसारपसार कार्यमा प्रयोग भएको कारको १८ लाख रुपैयाँ मूल्याङ्कन गरिएको छ। सवारी साधनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी कार्कीले जानकारी दिए।

सशस्त्र प्रहरीका अनुसार तिहार पर्व नजिकिँदै गर्दा सीमा क्षेत्र हुँदै नेपाल भित्रिने अवैध पटका, आतसबाजी र प्रतिबन्धित वस्तुहरूको नियन्त्रणका लागि चेकजाँच कडाइ गरिएको छ ।

Leave A Reply

Your email address will not be published.