Modern technology gives us many things.

घडिअर्वाकाे रामजानकी मन्दिरकाे स्वामित्व अब मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिले लियाे

वीरगन्ज:वीरगन्ज-१० घडिअर्वास्थित रामजानकी मन्दिर सञ्चालन र व्यवस्थापनकाे जिम्मा रामजानकी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिले लिएको छ।

शनिबार बिहान मन्दिरकै प्रांगणमा वडा समिति कार्यालयकाे आह्वानमा बसेकाे वडाबासीकाे सार्वजनिक भेलाले मन्दिर सञ्चालन तथा व्यवस्थापनकाे जिम्मा समितिलाई दिने सर्वसम्मत निर्णय गरेकाे हाे ।

वीरगन्ज-१० का वडाध्यक्ष सुशील साह कानुकाे अध्यक्षतामा बसेकाे समिति र स्थानीयबासीकाे भेलाले दीपावलीमा मन्दिर परिसरमा भब्य दीप प्रज्वलन गर्ने निर्णयपनि गरेकाे छ।

बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै वडाध्यक्ष कानुले पुजारी शम्भुनाथ तिवारीकाे कब्जामा पर्नबाट मन्दिरलाई जाेगाउन वडाबासीकाे भेलाले हिरा साह कानुकाे अध्यक्षतामा १५ सदस्यीय रामजानकी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेकाे र अब मन्दिर सञ्चालन तथा व्यवस्थापनकाे जिम्मा समितिले नै लिएको बताए ।

समितिले सबैभन्दा पहिले विगत ४० वर्षदेखि मन्दिर आफ्नाे कब्जामा लिएर मन्दिरमा चढ्ने भेटी लगायतका आम्दानी राख्दै आएका शम्भुनाथ पूजारीलाई हटाएर नयाँ पुजारी राख्ने,मन्दिरमा चढ्ने भेटीकाे व्यवस्थापन गर्ने वडाध्यक्ष कानुले जानकारी दिए।

शनिबारको भेलामा वीरगन्ज महानगरपालिकाकाे प्रतिनिधिका रुपमा सहभागी सार्वजनिक सम्पदा संरक्षण संबर्धन समितका संयाेजक प्रेमबाबु पटेलले रामजानकी मन्दिर वीरगन्ज महानगरपालिकाकाे साथसाथै वडा नम्बर १० काे ऐतिहासिक सम्पदा रहेकाेले यसकाे संरक्षण र संबर्धनका लागि जस्ताेसुकै सहयाेग गर्न महानगरपालिका तयार रहेकाे बताए ।

शनिबारको भेलाले यसअघि गठित ११ सदस्यीय रामजानकी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिलाई विस्तार गर्दै १५ सदस्यीय बनाएको छ।समितिकाे सदस्यमा सन्ताेष साह कानु,विपिन बंशल,विशाल महताे,मदन गुप्ता र रेखाकुमारी जेशी थप गरिएको समितका महासचिव मनाेहर साहले जानकारी दिए।

समितिले विधान निर्माण गरिसकेको र अब जिल्ला प्रशासन कार्यालयमा दर्ताकाे प्रकृया अगाडि बढाउने समितका सचिव प्रभाकर गुप्ताले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.