जलेका गाडीले भरिएको संसद भवन खण्डहर देखियो
काठमाडौं ___ नयाँ बानेश्वरस्थित संसद भवन खण्डहर बनेको छ । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेपछि संसद भवनको संरचना तहसनहस भएको हो ।
संसद भवन परिसरमा रहेका गाडीहरू समेत प्रदर्शनकारीहरूले जलाइदिएका थिए । खण्डहर बनेको संसद भवन अहिले दयनीय अवस्थामा उभिएको छ ।







