Modern technology gives us many things.

मधेस प्रदेशकी शिक्षामन्त्री रानीकुमारी तिवारीले पदबाट राजीनामा

जनकपुर। मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले सोमबार आफ्नो पदबाट राजीनामा दिएकी छन्। तिवारीले मुख्यमन्त्री सतिश कुमार सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुने गरी पदत्याग गरेको बताइएको छ।

मन्त्री तिवारी नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संयुक्त सरकारमा सहभागी थिइन्। उनी लोसपा नेपालबाट प्रतिनिधित्व गरिरहेका थिइन्।

मुख्यमन्त्री सिंहले भोलि ९बुधबार० प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला तिवारीले राजीनामा दिएको हो। हालसम्म उनले राजीनामाको कारण सार्वजनिक गरेकी छैनन्।

यस अघि, नेपाली कांग्रेस, नेकपा एमाले र जनमतले आफ्नो समर्थन फिर्ता लिएको अवस्थामा लोसपाले अझै समर्थन फिर्ता नलिएको बताइएको छ। तिवारीको राजीनामा प्रदेश सरकारको समीकरणमा नयाँ राजनीतिक चुनौती थप्ने अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.