Modern technology gives us many things.

जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

जनकपुर–मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सोनलले आजै ६ दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको दाबी प्रदेश प्रमुख कार्यालयमा पेश गरेका थिए ।

उता नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका १३ सांसदको समर्थन रहेको भन्दै छुट्टै दाबी पेश गरेका थिए। तर, जनमत पार्टीले कांग्रेसको दाबी खारेज गर्दै सोनललाई समर्थन गरेको जनाइएको छ ।

मुख्यमन्त्री नियुक्तिको क्रममा प्रदेश प्रमुख कार्यालयमा कांग्रेस र लोसपाको पक्षबीच तनाबसमेत सिर्जना भएको थियो। जनमतले अन्ततः सोनललाई समर्थन गरेपछि कांग्रेस र एमालेले जनमत फोडेरै सरकार बनाउने प्रयास असफल भएको छ ।

यसबीच, जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत भएका छन्। सिंह निर्वाचन आयोगमा सनाखत गर्न पुगेका बेला जनमतका कार्यकर्ताले रोक्न खोज्दा सामान्य झडप समेत भएको थियो ।

Leave A Reply

Your email address will not be published.