Modern technology gives us many things.

हेटौँडामा जुवातास खेल्दै गरेका ११ जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ हेटौँडा उपमहानगरपालिका–१० बसपार्क गुम्बा नजिक खाजा घरमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले छ लाख छ हजार तीन सय दस रुपियाँ नगद र ११ बुक तास बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले खाजा घर सञ्चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० कर्रा बस्ने ३५ वर्षीय हिरालाल मोक्तान, श्रीमती ३५ वर्षीय वसन्ती ब्लोन, हेटौँडा उपमहानगरपालिका–१० बसपार्क टिसिएन रोड बस्ने ३७ वर्षीय अर्जुन तामाङ, हेटौँडा–१० न्युरेनी बस्ने ३८ वर्षीय टुम बहादुर वाइबा, हेटौँडा–१० बसपार्क बस्ने ५० वर्षीय राम माया रानालाई पक्राउ गरेको छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका–४ हुप्राचौर बस्ने ५० वर्षीय हिरा माया तामाङ, ३० वर्षीय शान्ति माया तामाङ, हेटौँडा–१० बसपार्क बस्ने ६६ वर्षीय कान्छी माया ब्लोन, हेटौँडा–११ थानाभर्याङ बस्ने ४५ वर्षीय सीता लामा, बागमती गाउँपालिका–५ ज्यामिरे बस्ने २७ वर्षीय राजेश दर्नाल र मनहरी गाउँपालिका–४ बस्ने ३० वर्षीय अनिल थापालाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

जुवातास खेल्नेहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.