Modern technology gives us many things.

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरी, ०३ असोज 
सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७० वर्षीय पुजारी रामदुलार साहको शनिबार राति अज्ञात हतियारधारी समूहले गोली हानी हत्या गरेको घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।
यस घटनाप्रति राष्ट्रिय एकता अभियानले गहिरो शोक प्रकट गर्दै तीव्र घोर निन्दा र कडा विरोध गरेको छ।
अभियानका अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि पुजारीजस्तो धर्मगुरुमाथि भएको यस्तो अमानवीय र नृशंष हमला केवल एक व्यक्तिमाथिको आक्रमण होइन, यो धार्मिक आस्था, शान्ति र समाजको नैतिक मूल्यप्रति प्रत्यक्ष प्रहार हो।

अभियानले सरकार र सुरक्षासंस्थाहरूसँग तत्काल निम्न माग गरेको छ घटनामा संलग्न दोषीहरूलाई छिटो पत्ता लगाई कडा कानूनी कारबाही गरियोस्।,देशभरका धार्मिक स्थलहरूको सुरक्षा व्यवस्था बलियो पारियोस्।,मृतक पुजारी साहको परिवारलाई उचित राहत र न्याय दिलाइयोस्।
राष्ट्रिय एकता अभियानले देशमा शान्ति, सामाजिक सौहार्द र धार्मिक सहअस्तित्व कायम रहोस् भन्ने चाहना व्यक्त गर्दै यस्तो आपराधिक कुकृत्य पुनः कहिल्यै नदोहोरियोस् भन्ने दृढ प्रतिबद्धता जनाएको छ।
यस दुःखद क्षणमा अभियानले स्वर्गीय रामदुलार साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

Leave A Reply

Your email address will not be published.