Modern technology gives us many things.

भाइटीकाको शुभ साइत बिहीबार बिहान ११ः३९ बजे

काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार टीका लगाउन बिहीबारको मध्याह्न समय बाधारहित भए पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको संयोजनमा यो शुभ साइत निर्धारण गरिएको हो ।

यसअघि शनिबार धन त्रयोदशी तथा धनतेरस मनाइएको थियो । आइतबार काग तिहार र सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार मनाइयो । बेलुकी भने देशभर लक्ष्मीपूजा सम्पन्न गरिएको थियो ।

भाइटीका, जसलाई देउसी-भैलो र तिहारको अन्तिम दिन पनि भनिन्छ, दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्धको प्रतीक पर्वका रूपमा मनाइन्छ।

Leave A Reply

Your email address will not be published.