Modern technology gives us many things.

संघीय निर्वाचन लक्षित गर्दै नेजपाका केन्द्रीय वरिष्ठ नेता पटेलको उम्मेदवारी घोषणा

देशमा हालै सम्पन्न जेनजी आन्दोलनपछि उत्पन्न भएको राजनीतिक परिवेशले नयाँ युगको संकेत दिएको छ। सोही परिवर्तित वातावरणमा आउँदो फाल्गुन २१ गते निर्धारण गरिएको संघीय संसद निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दल र व्यक्तिहरू आ-आफ्नो स्तरबाट उम्मेदवारी घोषणा गर्न सक्रिय भइरहेका छन्।
यस्तै क्रममा हिन्दू राष्ट्र पुनःस्थापन, राजसंस्था पुनःस्थापन, र भ्रष्टाचार न्यूनीकरणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आएको नेपाल जनता पार्टीले पनि यस पटकको निर्वाचनमा देशका विभिन्न क्षेत्रमा आफ्ना सक्षम, इमानदार र राष्ट्रप्रेमी नेताहरूलाई मैदानमा उतार्ने अभियान सुरु गरेको जनाएको छ।
त्यसैअनुरूप पार्टीका केन्द्रीय वरिष्ठ नेता तथा मधेश प्रदेशका चर्चित हिन्दूवादी व्यक्तित्व श्री सन्तोष पटेलले पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
धर्म, संस्कृति र राष्ट्रिय पहिचानका अडानमा सधैं अग्रपंक्तिमा रहने नेताका रूपमा परिचित पटेलले विगत लामो समयदेखि हिन्दू विचारधारा र धर्म रक्षा आन्दोलनलाई निरन्तर अघि बढाउँदै आएका छन्। उनीले प्रत्येक सार्वजनिक मञ्चमा धर्म, राष्ट्र र संस्कृतिको पक्षमा निडर रूपमा आवाज उठाउँदै आएका छन्।
उम्मेदवारी घोषणा समारोहमा नेता पटेलले भने, हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था बिना यो देशमा स्थायित्व सम्भव छैन। आज देशमा व्यापक भ्रष्टाचार, बेरोजगारी र राष्ट्रिय पहिचान संकटमा परेका छन्। यी समस्याको समाधानका लागि अब नेपाल जनता पार्टी नै वैकल्पिक बाटो हो।
उनले आगामी निर्वाचनमा जनताबाट ठोस समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै, जनताको भरोसामा आधारित स्वच्छ राजनीति र सुशासनको युग सुरु गर्ने प्रतिज्ञा गरेका छन्। नेपाल जनता पार्टीको चुनाव चिह्न ‘कमल’ रहेको छ, जसले पवित्रता, आध्यात्मिकता र पुनर्जागरणको प्रतीक जनाउँछ।
पार्टीले देशव्यापी अभियानमार्फत हिन्दू धर्म, संस्कृतिको संरक्षण, राष्ट्रिय एकता, र भ्रष्टाचारमुक्त शासन प्रणालीका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ।
Leave A Reply

Your email address will not be published.