संघीय लोकतान्त्रिक व्यवस्था सर्वोत्तम प्रणाली– मुख्यमन्त्री सोनल
वीरगंज, १५ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै गरीब र निमुखा जनताको लागि सर्वाेत्तम प्रणाली भएको बताएका छन् ।
शनिवार बारा जिल्लाको सिमरामा आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले संविधान, नेतृत्व र ब्युरोक्रेसीमा कमजोरीहरू रहे पनि तिनलाई सुधार्दै अघि बढ्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री सोनलले सुशासनको दिशामा पाइलाहरू अगाडि बढाउँदै भ्रष्टाचार र भ्रष्टाचारीलाई अन्त्य गर्नुपर्ने बताए । मुख्यमन्त्री सोनलले पारदर्शी शासन प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।