प्रचण्ड माथि रहबर अंसारीको व्यङ्ग्य: ‘कवाड मिलेर विमान बन्दैन’
कलैया, १९ कात्तिक। नेकपा माओवादीका नेता तथा मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले बुधबार पुष्पकमल दाहाल प्रचण्ड माथि व्यङ्ग्य प्रहार गर्दै राष्ट्रिय एकता सम्मेलनको विरोध गरेका छन्।
फेसबुकमा उनले लेखेको व्यङ्ग्य यस्तो छ
म उत्साहित भएर दौडिएँ। गएर हेरेको त…
जर्जर, खियाले खाइरहेका, चल्नै नसक्ने कबाडी गाडीको थुप्रो।
मैले भनेँ: “ठुलो बुवा , यी त कबाड हुन्, यिनले आँगन भरिन्छ, यिनको के काम? ”
उहाँले हास्दै भन्नुभयो : “म त भाग्यमानी, यी सबै किलोको दरमा किनेँ। अब सबै इञ्जिन जोडेर हवाई जहाज बनाउँछु।” स्तब्ध भई मैले भने : “ठुलो बुवा, यस्तो चमत्कार कहिल्यै हुँदैन। कबाड मिलेर विमान बन्दैन।यी अन्त्यमा दाम घटाएर किलोकै दाममा बेचनु पर्ने होला । ”सार्है सोझा मेरा ठुलो बा!!”
