Modern technology gives us many things.

कलैया उपमहानगरपालिकाद्वारा ५०% अनुदानमा उन्नत गहुँ बीउ वितरण

कलैया उपमहानगरपालिकाको कृषि शाखा मार्फत खाद्यान्न बालीको उन्नत बीउ उपयोग कार्यक्रम (धान, गहुँ) अन्तर्गत स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँ बीउ वितरण गरिएको छ।

कृषकहरुको उत्पादन वृद्धि तथा खाद्यान्न आत्मनिर्भरतामा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा तीन प्रकारका उन्नत जातका गहुँ बीउ उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ। वितरण गरिएका गहुँका जातहरूमा एन.एल. ९७१ (NL 971), बिजय (Brijay) तथा गौतम (Gautam) समावेश छन्।

कृषकलाई उच्च गुणस्तरको बीउ उपलब्ध गराएर उपजमा वृद्धि ल्याउने तथा कृषि उत्पादनलाई सुदृढ बनाउने लक्ष्यका साथ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको कृषि शाखाका कृषि प्राविधिक कुन्दन यादवले जानकारी दिए।

उनका अनुसार उन्नत जातका गहुँ बीउको प्रयोगले कृषकलाई दिगो उत्पादनमा सहयोग पुग्ने र उपमहानगरपालिकाले आगामी दिनहरूमा पनि किसानमुखी कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ।

Leave A Reply

Your email address will not be published.