Modern technology gives us many things.

वीरगंज नाकाबाट चार महिनामा दुई खर्ब ८४ अर्ब बराबरको आयात,

मङ्सिर ९, वीरगंज : वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा जम्मा दुई खर्ब ८४ अर्ब ८९ करोड बराबरको वस्तु तथा सामान आयात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ अर्ब ८६ करोडले बढी हो। गत वर्षको चार महिनामा दुई खर्ब ४१ अर्ब तीन करोडको सामान आयात भएको थियो।

वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार यो नाकाबाट आयातमा १८ प्रतिशत वृद्धि भएको छ। “गत आवको चार महिनाको तुलनामा चालु आवमा आयात मात्र होइन, राजस्व सङ्कलन पनि उल्लेख्य रूपमा बढेको छ,” ज्ञवालीले जानकारी दिनुभयो।

भन्सार कार्यालयका तथ्यांकअनुसार गत आवको पहिलो चार महिनामा ६६ अर्ब ७३ करोड राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन भएको छ। राजस्व सङ्कलनमा यो करिब १३ प्रतिशत वृद्धि हो।

वीरगंज नाकाबाट आयात भएका प्रमुख वस्तुहरूमा ५४ अर्ब १२ करोड बराबरको पाँच प्रकारका पेट्रोलियम पदार्थ अग्रस्थानमा रहेका छन्। त्यसपछि २५ अर्ब ५२ करोडको फलाम तथा फलामजन्य सामग्री, १९ अर्ब ५४ करोडको मेसिनरी तथा पार्टपुर्जा भित्रिएका छन्।

यस्तै, चार महिनाको अवधिमा १८ अर्ब ३१ करोड मूल्य बराबरको भटमासको कच्चा तेल, १६ अर्ब चार करोडको इलेक्ट्रिक मेसिनरी तथा उपकरण र तिनका पार्टपुर्जा, र १५ अर्ब ४३ करोड मूल्य बराबरको मलखाद आयात भएको कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.