Modern technology gives us many things.

राजनीतिक दलहरूले निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज अन्तिम दिन

मङ्सिर १० काठमाडौँ:आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागिता जनाउन राजनीतिक दलहरूले निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज अन्तिम दिनमा पुगेको छ। आयोगले निर्वाचन प्रयोजनका लागि निर्धारित समयसीमा भित्रै दल दर्ता अनिवार्य रहेको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचनमा भाग लिन चाहने कुनै पनि राजनीतिक दललाई आजसम्ममा आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।

आयोगमा पहिले नै दर्ता भइसकेका दलहरूलाई समेत निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गराउनुपर्ने कानुनी व्यवस्था रहेको जनाइएको छ । हाल आयोगमा १३४ दल दर्ता रहेकोमा मंगलबारसम्म ८० दलले मात्र पुनः दर्ता प्रक्रिया पूरा गरेका छन्। आयोगले आज अन्तिम दिन भएकाले दर्ता लिन आन्तरिक तयारी र सुविधा विस्तार गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.