Modern technology gives us many things.

जलेश्वर कारागारबाट फरार २७३ कैदी अझै पनि बेपत्ता

मङ्सिर १३, महोत्तरी : जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेश्वर कारागार तोडफोड गरी भागेका कैदीबन्दीमध्ये २७३ जना अहिले पनि फरार रहेका छन्। कारागार प्रशासनका अनुसार भागेका ५७६ मध्ये ३०३ जनाले स्वेच्छाले फर्केर आत्मसमर्पण गरिसकेका छन्।

जेलर अशोककुमार क्षेत्रीका अनुसार फरार कैदीहरू आउने क्रम निरन्तर जारी छ। कारागार प्रशासनले भदौ २५ गते नै सबै फरार कैदीबन्दीलाई स्वेच्छाले फर्किन सार्वजनिक आह्वान गरेको थियो।

उनका अनुसार कारागार ऐन २०७९ तथा नेपालका प्रचलित कानुनअनुसार निर्धारित समयभित्र नफर्किने कैदीहरूलाई कानुनी कारबाही अघि बढाइनेछ। साथै फरार कैदीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिमाथि पनि कानुनअनुसार कारबाही हुने चेतावनी दिए।

भागेकामध्ये १३ जनालाई भारततर्फ फरार हुँदै गर्दा भारतीय प्रहरीले समाती पुनः कारागार फर्काउन सहयोग गरेको क्षेत्रीले जानकारी दिए। बाँकी फर्केका कैदीबन्दी भने आफ्नै इच्छा अनुसार कारागारमा आएर आत्मसमर्पण गरेका हुन्।

फरार कैदीहरूको खोजतलासका लागि प्रशासन सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए।

Leave A Reply

Your email address will not be published.