Modern technology gives us many things.

नेपाली बजारमा सुनको भाउ ३०० रुपैयाँले घट्यो, चाँदी भने १० रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य रूपमा घटेको छ। अघिल्लो दिन सोमबार प्रतितोला १,४०० रुपैयाँले बढेको सुन आज ३०० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु २,५३,३०० कायम भएको छ। सोमबार यसको मूल्य रु २,५३,६०० थियो।

सुनको मूल्य घटेको भए पनि चाँदीको भाउ भने उकालो लागेको छ। १० रुपैयाँले वृद्धि भई मंगलबार प्रतितोला चाँदीको मूल्य रु ३,५४५ पुगेको महासंघले जनाएको छ। सोमबार यो मूल्य रु ३,५३५ मा कारोबार भएको थियो।

Leave A Reply

Your email address will not be published.