Modern technology gives us many things.

पक्राउ परेका कलैया–१४ का वडाध्यक्ष जयसवालको रिहाई , वडा कार्यालयको कामकाज नियमित सँचालन गर्दै

कलैया उपमहानगरपालिका–१४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जयसवाल लेनदेन (चेक अनादर) सम्बन्धी मुद्दामा अदालतले तोकेको कैद सजाय कार्यान्वयनका लागि मंसिर २ गते पक्राउ परेका थिए।

नवलपरासी जिल्ला अदालतको च.नं. ३२३६ अनुसार चेक बाउन्स सम्बन्धी मुद्दामा जयसवाल विरुद्ध कैद कार्यान्वयन आदेश जारी भएको थियो। सोही आदेशका आधारमा कारागार व्यवस्थापन विभाग, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले विगो नं. १०७३ मा दर्ता मुद्दा अनुसार उनलाई बाराबाट पक्राउ गरी नवलपरासी कारागारमा राखेको थियो।

वादीले आफ्ना तर्फबाट पाउनुपर्ने सम्पूर्ण रकम भुक्तानी पाएको पुष्टि गर्दै प्रतिवादीलाई थुनामुक्त गरिदिन माग गरेपछि अदालतले पुनः च.नं. ३६९७ मिति २०८२/०८/१४ गतेको अनुसार जयसवाल लाई कैदमुक्त गर्न आदेश दिएको थियो।

कारागार प्रशासक विकल श्रेष्ठद्वारा जारी पत्रमा जयसवाललाई सोहि दिन देखि कैदमुक्त गरिएको स्पष्ट गरिएको छ।

वडा अध्यक्ष जयसवाल कैदमुक्त भई आफ्नो वडामा फर्कि वडा कार्यालयको जिम्मेवारी पुनः सम्हालेका छन्। वडा कार्यालयको नियमित रूपमा सँचालन गरेका छन्।

Leave A Reply

Your email address will not be published.