मुख्यमन्त्री परिवर्तनसँगै कलैया यातायात कार्यालयको सरुवा निर्णय बदर, अरविन्द्र दास पुनः नियमित प्रमुख
कलैया, २१ मंसिर
मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तनसँगै प्रदेश सरकारले गत महिनाभरिका सरुवा तथा काज सम्बन्धी सबै निर्णय बदर गरेपछि यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अरविन्द्र दास पुनः आफ्नो पदमा नियमित भएका छन्।
यसअघि नेकपा (एमाले) को समर्थनमा बनेका तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले पदतर्फबाट सामूहिक राजीनामा दिनेपूर्वै विभिन्न कार्यालयका प्रमुखहरूको काज तथा सरुवा निर्णय गरेका थिए। सोही क्रममा उनले कलैया यातायात व्यवस्था कार्यालयका प्रमुख अरविन्द्र दासलाई तालिम केन्द्र, जनकपुरधाममा सरुवा गरी, उनका स्थानमा सरोज यादवलाई कार्यालय प्रमुखको जिम्मेवारी दिने निर्णय गरेका थिए।
सरुवा भएपछि हाजिर प्रक्रियासम्बन्धी विषयमा उत्पन्न तनावले खरिदार सत्यनारायण साहले प्रमुख अरविन्द्र दाससँग हातपात गरेको घटना बुधबार बेलुकी सार्वजनिक भएको थियो।
घटनापछि कार्यालयमा वातावरण थप जटिल बनेको थियो भने विषयले प्रशासनिक तथा राजनीतिक वृत्तमा पनि त्यसको चर्चा पाएका थियो।
Related Posts
शुक्रबार मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका रामकृष्ण यादवले आइतबार शपथग्रहण गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो निर्णयमार्फत
मिति २०८२ कार्तिक २३ गतेदेखि २०८२ मंसिर २१ गतेसम्मका सबै काज, सरुवा तथा जिम्मेवारीसम्बन्धी निर्णय बदर गरेका छन्।
यस अन्तर्गत पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले यातायात कार्यालय कलैयामा गरेका सरुवा निर्णयहरू समेत स्वतः खारेज भएका छन्।
सरुवा बदर भएसँगै कलैया यातायात कार्यालयका प्रमुख अरविन्द्र दास पुनः आफ्नो पदमा नियमित भएका छन्।
कार्यालयका कर्मचारी तथा सेवाग्राहीले निरन्तरता पाएको नेतृत्वबाट दैनिक प्रशासनिक कार्य सहज हुने अपेक्षा व्यक्त गरेका छन्।