Modern technology gives us many things.

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

मङ्सिर २३, काठमाडौं: लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ। भारतीय राजदूतावास, लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा आयोजित महोत्सवलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा तथा भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

महोत्सवले बौद्ध धर्मसँग सम्बन्धित सांस्कृतिक सम्पदा, परम्परा तथा साझा धार्मिक विरासतको प्रदर्शन गरेको भारतीय दूतावासले जनाएको छ। महोत्सवमा भारतबाट आएको ६ सदस्यीय आईसीसीआर समूहले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुति दिएको थियो। त्यसैगरी, साँझको सत्रमा नेपाली ब्यान्ड ‘घुगु मुगु’ ले परम्परागत संगीतका प्रस्तुति दिँदै कार्यक्रमलाई उत्साहमय बनाएको थियो।

Leave A Reply

Your email address will not be published.