Modern technology gives us many things.

सहकारी ठगी प्रकरणः रवि लामिछाने आज रिहा हुँदै

पौष ४, काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्। ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट आवश्यक कागजात लिएपछि मात्रै औपचारिक रूपमा थुनामुक्त हुने भएका हुन्।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले दुई करोड ६८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने आज भैरहवा पुग्ने कार्यक्रम रहेको छ। अदालतले बुझाइएको धरौटी रकम स्वीकार गरेसँगै उनलाई थुनामुक्त गर्न बाटो खुलेको हो।

रवि लामिछाने रिहा हुन लागेको खबर फैलिएसँगै बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्यामा समर्थकहरूको भीड लागेको थियो। समर्थकहरू रिहाइको प्रतीक्षामा कारागार बाहिर जम्मा भएका थिए।

जिल्ला अदालत रुपन्देहीबाट पूर्जी लिएपछि भैरहवामै औपचारिक प्रक्रिया पूरा गरी लामिछाने आजै रिहा हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.