Modern technology gives us many things.

मन्त्री–प्रधानमन्त्री बन्ने आकांक्षा बोकेर सिंहदरबार ताक्दै चार मेयर साब

काठमाडौँ ___स्थानीय तहमा कायापलट गर्ने दाबी गर्दै २०७९ वैशाखमा चुनाव जितेका कतिपय जनप्रतिनिधिले कार्यकाल पूरा नगरी सिंहदरबारतर्फ पाइला लम्काएका छन्। जनताको सबैभन्दा नजिकको सरकारको नेतृत्व गरेका उनीहरू अब राष्ट्रिय नीति निर्माणमा प्रत्यक्ष भूमिका खेल्ने योजनामा छन्। कतिपयको आकांक्षा त सोझै कार्यकारी प्रमुख बन्ने छ।स्थानीय सरकारमा रहँदा निर्माण गरेको जनमतलाई उनीहरूले आफ्नो जितको मुख्य आधार मानेको देखिन्छ। त्यसैमध्येमा पर्छन् काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)। पुराना दललाई आश्चर्यचकित पार्दै स्वतन्त्र रूपमा स्थानीय राजनीतिमा उदाएका बालेनले जनतासँग खासै अन्तरक्रिया गरेनन्। तर, सामाजिक सञ्जालबाटै आफ्ना धारणा सार्वजनिक गरेर पनि युवापुस्ताको मन र मत जिते।

जेनजी आन्दोलनका कारण दुई वर्षअगाडि सरेको प्रतिनिधि सभाको चुनाव पनि जितेर प्रधानमन्त्री बन्ने योजना बनाएका छन् बालेनले। आफ्नो लोकप्रियता यो चुनावमार्फत राजनीतिक शक्तिमा रूपान्तरण गर्ने उनको सपना छ। सोही अनुसार आगामी फागुन २१ गते तय भएको चुनाव लड्ने निर्णयमा उनी पुगिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिएर आफूलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दै चुनावी मैदानमा जाने निर्णय गराइसकेका छन्। पुसको अन्तिमतिर काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर बालेन देशव्यापी चुनाव प्रचारमा जाने तयारीमा छन्।

Leave A Reply

Your email address will not be published.