पूर्वमन्त्री गुप्ताको मुद्दामा सर्वाेच्चमा सुनुवाई हुँदै
भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका पूर्वमन्त्री राजकुमार गुप्ताको मुद्दामा सर्वाेच्चले आज आदेश दिने भएको छ। बिशेष अदालतले थुनामा पठाएपछि त्यसविरुद्ध उनले सर्वाेच्चमा वेरितको निवेदन दर्ता गराएका थिए।
सर्वाेच्चका न्यायाधीश नहकुल सुवेदीको इजलासमा उनको मुद्दाको सुनुवाई भइसकेकाले आजै आदेश आउनेछ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएकै बेलामा गुप्ताले पोखराको लिचीबारीसम्बन्धि जग्गाको डिल गरेका थिए। त्यससम्बन्धि अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो। एक साताअघि बिशेष अदालतले उनलाई थुनामा पठाएको थियो।