Modern technology gives us many things.

खेलकुदमन्त्री गुप्तालाई अमेरिकामा आमन्त्रण गरिएको छैन, हाम्रो नाम दुरुपयोग भयो: एनआरएनए एनसीसी यूएसए

काठमाण्डौ __गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण नगरिएको जनाएको छ । एनआरएनए एनसीसी यूएसएले प्रेस विज्ञप्ति जारी गरी आफ्नो संस्थाको आयोजनामा अमेरिकामा कुनै कार्यक्रम आयोजना नगरिएको समेत जानकारी दिएको छ ।

‘संघले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट गर्दै एनआरएनए एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नभएको जानकारी गराएको छ’, विज्ञप्तिमा भनिएको छ । एनआरएनए एनसीसी यूएसएले आफ्नो नाम, ईआईएन नम्बर तथा आधिकारिक वेबसाइटको दुरुपयोग गर्दै अनधिकृत कार्यक्रम र मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि सञ्चालन भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको समेत जनाएको छ ।

प्रेस विज्ञप्तिमा एनआरएनए एनसीसी यूएसएले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको स्पष्ट पारेको छ । संस्थाको आधिकारिक स्वीकृतिबिना गरिएका कार्यक्रम, भ्रमण, फन्डरेजिङ वा अन्य गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.