Modern technology gives us many things.

नेपाल तरुण दल बाराद्वारा प्रेस विज्ञप्ति

कलैया । नेपाल तरुण दल जिल्ला कार्य समिति बाराले नेपाली कांग्रेसको विधान बमोजिम विशेष महाधिवेशन वा महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट गरेको छ।

तरुण दल बाराले जारी गरेको प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य नरहेको निर्णय गरिसकेको उल्लेख गर्दै कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा विशेष महाधिवेशनको नाममा गर्ने गतिविधि पार्टी विधान विपरीत हुने जनाएको छ।

विज्ञप्तिमा पार्टीको विधान विपरीत हुने यस्ता गतिविधिमा संलग्न नहुन जिल्लाका सबै पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक अपिल गरिएको छ।

नेपाल तरुण दल बाराले पार्टी अनुशासन र विधानको पालना गर्न सबैलाई आग्रह गर्दै संगठनात्मक एकतामा जोड दिएको छ।

Leave A Reply

Your email address will not be published.