Modern technology gives us many things.

बारामा एक पुरुषको शव फेला

कलैया,२३ माघ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित कृषि अनुसन्धान कार्यालय नजिकै एक पुरुषको शव फेला परेको छ। कार्यालय पछाडिको खोला नजिक शव भेटिएको हो । घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया ल्याउने तयारी भइरहेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave A Reply

Your email address will not be published.