भ्रष्टाचारीलाई हटाएर विकासमुखी नेतातर्फ मतदान गरौँ : बारा–२ का उम्मेदवार चन्दन सिंह
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–२ प्रतिनिधि सभा सदस्यको उम्मेदवार चन्दन कुमार सिंहले आगामी निर्वाचनमा जनता भ्रष्टाचारी नेता हटाएर विकासमुखी नेतामा मतदान गर्न आग्रह गरेका छन्।
सिंहले स्थानीय समारोहमा भनिरहेका थिए, “बिगतका राजनीतिक दलहरूले देशमा आयआर्जन र वास्तविक विकासका कुनै योजना अघि बढाएका छैनन्। जनतालाई विभिन्न प्रकारका राजस्वको नाममा निरन्तर लुटिएको छ। यस्तो प्रणाली परिबर्तन गर्न मैले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएको हुँ।”
Related Posts
यसै क्रममा देवताल गाउँपालिका वडा नं. ७, टोल रमपुर्वा मा आयोजित कार्यक्रममा विभिन्न पार्टीका सयौं नयाँ सदस्यहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नयाँ प्रवेशकर्ताहरूलाई पार्टीले गमछा र टिका लगाएर स्वागत गरेको थियो।
पार्टीका प्रतिनिधिहरूले नवप्रवेशी सदस्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। चन्दन सिंहले आफ्नो भाषणमा आगामी निर्वाचनमा जनताको विश्वास जितेर क्षेत्रको समग्र विकास, सुशासन र पारदर्शी शासनको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय मतदाताहरूले पनि भ्रष्टाचारमुक्त, विकासमुखी र जनताप्रति जवाफदेही नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै चन्दन सिंहलाई समर्थन गर्ने संकेत दिएका छन्। पार्टीका स्थानीय नेता र कार्यकर्ताहरूले पनि घरदैलो, बजार भ्रमण र प्रत्यक्ष संवादका माध्यमबाट अभियानलाई गति दिइरहेका छन्।