Modern technology gives us many things.

जनता समाजवादी पार्टी (जसपा) नेपाल बारा क्षेत्र नं. ३ ले जलपान सामग्री वितरण

कलैया- महाशिवरात्रिको पावन अवसरमा ओम शान्ति जल यात्रामा सहभागी सम्पूर्ण भक्तजनहरूका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल बारा क्षेत्र नं. ३ ले जलपान सामग्री वितरण गरेको छ।

सिद्धेश्वर महादेव मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा जल यात्रामा सहभागी भक्तजनहरूलाई पानी तथा अन्य जलपान सामग्री प्रदान गरिएको थियो। धार्मिक तथा सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यस कार्यको स्थानीयवासी तथा श्रद्धालुहरूले सराहना गरेका छन्।

कार्यक्रममा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता धार्मिक तथा सामाजिक गतिविधिमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ।

 

Leave A Reply

Your email address will not be published.