Modern technology gives us many things.

देवताल वडा नं. ४ मा युवा को चाहना ललन यादव

 

श्यामल कुमार गिरी 

१३ वैशाख बारा । बाराको देवताल गाउँपालिकास्थीत् वडा नं. ४ को वडाध्यक्ष पदमा ललन यादवले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।

 

यादवले हिजो (आइतवार) निर्वाचन अधिकृतको कार्यालय देवतालमा पुगेर नेपाली कांग्रेस बाट उम्मेद्वारी दर्ता गराएका हुन् । ‘शिक्षित वर्गको चाहना, अशिक्षित वर्गको माग, देवताल ४ समग्र विकासको लागि नेपाली कांग्रेसको उम्मेदवारलाई

युवा को चाहना ललन यादव’ भन्ने नारासहित यादवले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् ।

 

 

राजनितिमा सचेत युवा वर्गको हस्तक्षेप नभएकाले नै देशको यो अवस्था आएको भन्दै यादवले युवा हस्तक्षेप देखाउनको लागि सचेत युवा वर्गलाइ राजनिति प्रति आकर्षिक गराउन आफुले उम्मेद्वारी दिएको बताएका छन् । उनले भने – ‘आफ्नो व्यक्तिगत स्वार्थलाई छोडेर कांग्रेसको झण्डा बोकी र रास्ट्रको झण्डा बोक्न अभिप्रेरित गर्ने एक युवालाई सबैले साथ र सहयोग दिनुहुनेछ भन्नेमा विश्वस्त छु’ यादवले भने, ‘परिवर्त अव युवाबाट मात्रै सम्भव छ, म परिवर्तनका स्पष्ट एजेण्डाहरु साथ चुनावमा होमिएको छु ।’

 

उम्मेद्वारी दर्ता गर्न यादवले ना कुनै तयारि ना कुनै सोचको साथ निर्वाचन अधिकृतको कार्यालय देवताल पुगेका थिए” युवा को मनुबलका लागि उम्मेद्वारी दर्ता गराएको थिए ।

 

यादव नेपाली कांग्रेस देवताल मेयरको निकट अगुवा कार्यकर्तासमेत हुन् पार्टी का अगुवा कार्यकर्ता बुद्धिजीबी र गाउँ समाजको,विश्वास राख्दै युवा वर्ग का साथ हिड्ने प्रयास गर्नु भयको छ ।

Leave A Reply

Your email address will not be published.