Modern technology gives us many things.

लोसपा नेपाल पचरौता नगर द्वारा घरदैलो तिब्र

श्यामल गिरि
बारा/ पचरौता २१ बैशाख
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पचरौता नगरले घरदैलोलाई तिब्र बनाउदै विभिन्न वडा घरदैलो गरेकोछ।

घर बनाउदा सानो सानो सामग्री जोडेर घर तयार हुन्छ त्यसरीनै घरदैलो गर्ने नै पालिकाको समस्या बुझ्न सकिने माध्यमको साथै सबै प्रकारका व्यक्तित्वसंग भेटने समस्या बुझ्ने मुख्या माध्यम रहेकोले घरदैलो गर्ने र ठाउँ ठाउँ भेटदा त्यहाका समस्यालाई जरा बाट उखाली फाल्ने,बिगतका पचरौता नगर पालिका सरकार आफनो बिकास गर्यो तर आम समुदायमा बिकासको अनुभुती न भएको अवस्था छ अब निर्वाचनको परिणाम आम समुदायले आफू माथी बिश्वास गर्दा बिश्वास मत दिदा आउदो कार्यकालमा राजनीति खाडल पुर्नुको साथै कृषि,शिक्षा स्वास्थ्य तथा महिलालाइ आत्मनिर्भर बनाउन योजना रहेकोछ भने जानकारी गराए।

घरदैलो कार्यक्रममा ,लोसपा मधेस प्रदेश कमिटी सदस्य बिनोद यादव,पचरौता नगर पालिका उपमेयर उमेदवार इन्दु कुमारी यादव ,बिनय सिंह जिल्ला कमिटी सदस्य पचरौता नगर प्रचार प्रसार समिती अध्यक्ष देवनाथ सहनी लगायतको उपस्थिति रहयो।

Leave A Reply

Your email address will not be published.