Modern technology gives us many things.

‘नष्ट’ सीसीटीभी फुटेजसँगै उजागर ‘क्रान्तिकारी पाखण्ड’

बजेटको तर्जुमालाई अन्तिम रूप दिने बेलामा अर्थ मन्त्रालयभन्दा बाहिरको अनधिकृत मान्छेलाई मन्त्रालयको गोप्यतम कक्षमा प्रवेश गराएर कर र अन्तशुल्कका दरहरूमा व्यापक हेरेफेर गराएको भन्ने अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको गम्भीर आरोपका सम्बन्धमा सत्यतथ्यको वस्तुपरक ढङ्गमा खुलासा अहिलेसम्म पनि हुन सकेको छैन। न अर्थमन्त्रीले आफूमाथि लागेको आरोपको विश्वसनीय किसिमले खण्डन गर्न सकेका छन् न त सरकार प्रमुखले नै आफ्नो क्याबिनेटको एक वरिष्ठ सदस्यले गरेको भनिएको पदको दुरुपयोगलाई लिएर कुनै प्रकारको स्पष्टीकरण दिन जरूरी ठानेका छन्।

त्यसैले त्यस दिन ‘जेठ १४ गते’ रातको अन्तिम प्रहरतिर अर्थ मन्त्रालयमा नीति, नियम, विधि र पद्धतिको कसरी चिरहरण गरिएको थियो र त्यस्तो नैतिकहराम कृत्यमा संलग्न देखिनेरनदेखिने पात्रहरू को को थिए भन्ने कुरा अहिलेसम्म पनि रहस्यकै गर्भमा रहेको छ। साथै, यस प्रकरण सम्बन्धी सम्पूर्ण तथ्य सप्रमाण बाहिर आउँने हो वा यस्तै प्रकृतिका अरू कतिपय मामिलाहरूमा जस्तै झाराटार्ने खालको छानबिनमा गएर टुङ्गिने हो, यकिनका साथ यस्तै हुन्छ भन्न पनि सकिँदैन।

अर्थमन्त्री जनार्दन शर्माले त्यस दिन सीसीटीभी क्यामेरामा कैद भएको त्यो अपकर्मको सम्पूर्ण दृश्यावली नष्ट भइसकेको जानकारी गराएपछि सदनदेखि सडकसम्म तातो बहसको विषय बनेको ‘अर्थ मन्त्रालयको गोप्य कोठामा बिचौलियाको हालीमुहाली’ शीर्षक दिएर समाचार लेख्न योग्य यस घटनाले नयाँ मोड लिएको छ।

मन्त्री शर्माका तर्फबाट अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिवद्वारा जारी गरिएको त्यो बयानलाई पत्याउँन भने कोही पनि तयार छैन, किनकि मन्त्री शर्माले गरेको त्यो अपराधको प्रतिरक्षामा आएको उनका प्यादा सहसचिवको त्यस बयानमा प्रशस्त प्राविधिक छिद्रहरू छन्। र, यी छिद्रहरूले अर्थमन्त्री र उनका ती सरकारी अनुचर दुवैलाई लाजै नमानी झूटो बोलेर दिउँसै रात पार्न खोज्ने चटके जस्तै निर्लज्ज साबित गरिदिएका छन्।

शर्माको क्रान्तिकारिता घृणायोग्य पाखण्ड मात्रै रहेछ, हृदयत यिनी पैसाका पछाडि लत्तो छोडेर दगुर्ने निम्नस्तरीय लालचका पुतला रहेछन् भन्ने पनि साबित भएको छ। यसभन्दा पहिले उर्जा मन्त्रालयको कार्यभार सम्हाल्दा यिनले गरेका वा गर्न खोजेका राम्रा कामहरूलाई सम्झेर यिनबाट असल शासनको अपेक्षा गर्नेहरूलाई अत्यन्तै निराश बनाइदिएका छन् यी रुकुमेली पूर्व जेटीए र पूर्व छापामार लडाकुले। जेटीएबाट अचानक छलाङ हानेर माओवादी नेताको अवतारमा देखापरेका यिनलाई कथित जनयुद्धका नाममा सबैभन्दा बढी धन कुम्ल्याउने माओवादी नेताहरूमध्ये एक भएको आरोप पनि लाग्दै आएको छ। यिनी जनयुद्धताका लुटिएको धनसम्पत्तिको मुख्य व्यवस्थापक पनि हुन् भनिन्छ।

कुनै पनि सीसीटीभीमा रेकर्ड भएको दृश्यावली यति थोरै समयमा आफैँ मेटिएर जाँदैन भन्ने तथ्य ती दुई झुटा मानिसको फट्याइँको पहिले र अकाट्य प्रमाण हो। मन्त्री जनार्दन शर्माले आफूले खाएको पद र गोपनीयताको शपथको ठीक विपरीत देशको बजेट निर्माण प्रक्रियामा कायम राख्नुपर्ने गोप्यताको धज्जी उडाउँदै एउटा दुई कौडीको बिचौलियालाई कर, अन्तशुल्क र भन्सारको दर तोक्ने जिम्मेवारी दिई भयानक अपकर्म गरेको एक महिना पनि पूरा भएको छैन।

कुनै कारणवशस् स्थानीय क्यामेरामा रेकर्ड भएको दृश्य मेटिएर गयो नै भने पनि मन्त्रालयमा जडित सीसीटीभी क्यामेराहरूको सञ्जाललाई नियन्त्रण गर्ने केन्द्रीय कक्षमा त्यसको अभिलेख लामो समयसम्म रहिरहेकै हुन्छ भन्ने तथ्य जनार्दन शर्मालाई गलत साबित गर्ने दोस्रो प्रमाण हो। उनीविरुद्ध तेस्रो प्रमाण, दृश्यावली रेकर्ड गर्ने कोठैपिच्छे राखिएका स्थानीय क्यामेराहरू मात्र होइन केन्द्रीय नियन्त्रण कक्षमा समेत त्यस्ता दृश्यावली कारणवशस् मेटिएर गए भने पनि विशेष प्रविधिबाट त्यस्ता फूटेजहरूको सजिलैसँग पुनस्प्राप्ति ‘रिट्राइभ’ हुनसक्छ भन्ने हो। आजको समयमा प्रविधिका दृष्टिले हेर्दा हराएका सीसीटीभी फुटेज रिट्राइभ् गर्ने कुरालाई सामान्य मानिन्छ।

माथिका अकाट्य तथ्यहरूले प्रामाणिक ढङ्गमा भन्दछन्स् जेठ १४ गते राति अबेर जनार्दन शर्माले भूतपूर्व नायब सुब्बा रघुनाथ घिमिरेलाई अर्थ मन्त्रालयको बजेट तर्जुमा भइरहेको कक्षमा घुसाएर विधि र पद्धतिको चिरहरण गरेको कुरामा कुनै सन्देह छैन। सदन र सडक दुवैबाट आफ्नो नैतिक आचरणमाथि गम्भीर प्रश्न उठाइएपछि अप्ठ्यारोमा परेका मन्त्री शर्माले प्रतिरक्षामा जुन कदम चालेका छन् त्यसले उनको शिरमाथि मडारिएको संकटको कालो बादल थप बाक्लो भएको छ।

अहिले विवादको पारो उच्चतम बिन्दुमा पुगेका बेलामा त्यस दिनको सीसीटीभी फुटेज नष्ट भइसकेको भनी मन्त्रालयबाट जारी गराइएको बयानले शर्मालाई सफाइ दिलाउनुको सट्टा निश्चित दोषी साबित गरेको छ भनियो भने अत्युक्ति हुँदैन। सीसीटीभी फुटेज बारे उनले जारी गराएको बयान कुनै कोणबाट हेर्दा पनि विश्वास गर्न सकिने खालको छैन र यसले त उनी दोषी छन् त्यसैले त सीसीटीभी फुटेज देखाउँन चाहँदैनन् भन्ने कुरातर्फ नै संकेत गर्दछ।

प्रचण्डले नै पनि यिनलाई फिर्ता बोलाउनु पर्ने हो। तर उनी नैतिकताका सवालमा यी भन्दा पनि निम्छरा छन्। त्यसैले सायद जनार्दन शर्मालाई फिर्ता बोलाउने नैतिक साहस प्रचण्डमा छैन। रह्यो कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले के गर्छन् भन्ने१रु दिन प्रतिदिन धमिलो बन्दै गएको आफ्नो छविलाई पूरै ध्वाँसे हुन नदिने हो भने देउवाले शर्माजीलाई रुकुम जाने सडक देखाइदिने छन्।

यस अघि परिस्थितिजन्य प्रमाणका आधारमा मात्र दोषी ठहरिनेजस्ता लाग्ने मन्त्री जनार्दन शर्मा पूर्व नासु रघुनाथ घिमिरेको अर्थ मन्त्रालय प्रवेशको भिडियो फुटेज लुकाउन लगाएर ‘त्यो नष्ट भइसक्यो’ भन्ने बयान जारी गराएपछि निर्विवाद रूपले दोषी प्रमाणित भएका छन्। शर्माको क्रान्तिकारिता घृणायोग्य पाखण्ड मात्रै रहेछ, हृदयत यिनी पैसाका पछाडि लत्तो छोडेर दगुर्ने निम्नस्तरीय लालचका पुतला रहेछन् भन्ने पनि साबित भएको छ।

यसभन्दा पहिले उर्जा मन्त्रालयको कार्यभार सम्हाल्दा यिनले गरेका वा गर्न खोजेका राम्रा कामहरूलाई सम्झेर यिनबाट असल शासनको अपेक्षा गर्नेहरूलाई अत्यन्तै निराश बनाइदिएका छन् यी रुकुमेली पूर्व जेटीए र पूर्व छापामार लडाकुले। जेटीएबाट अचानक छलाङ हानेर माओवादी नेताको अवतारमा देखापरेका यिनलाई कथित जनयुद्धका नाममा सबैभन्दा बढी धन कुम्ल्याउने माओवादी नेताहरूमध्ये एक भएको आरोप पनि लाग्दै आएको छ। यिनी जनयुद्धताका लुटिएको धनसम्पत्तिको मुख्य व्यवस्थापक पनि हुन् भनिन्छ।

यस पटक जनार्दन शर्मा आफ्नै कुकृत्यले खनेको खाडलमा साबुत उत्रिन नसक्ने गरि फसेका छन्। पदबाट राजिनामा दिएर सरक्क पन्छिनु यिनका लागि सबैभन्दा राम्रो उपाय हो अहिलेको घडीमा। यिनका नेता पुष्पकमल दाहाल प्रचण्डले नै पनि यिनलाई फिर्ता बोलाउनु पर्ने हो। तर उनी नैतिकताका सवालमा यी भन्दा पनि निम्छरा छन्। त्यसैले सायद जनार्दन शर्मालाई फिर्ता बोलाउने नैतिक साहस प्रचण्डमा छैन।

रह्यो कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले के गर्छन् भन्ने१रु दिन प्रतिदिन धमिलो बन्दै गएको आफ्नो छविलाई पूरै ध्वाँसे हुन नदिने हो भने देउवाले शर्माजीलाई रुकुम जाने सडक देखाइदिने छन्। यसो होइन, देउवालाई आफू शर्माको सती जानु र नेपाली कांग्रेस पार्टीलाई प्रचण्डको पुच्छर बनाउनु नै सफल राजनीतिको सूत्र हो भन्ने लाग्छ भने त्यस स्थितिमा केही भन्न, गर्न सकिँदैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Leave A Reply

Your email address will not be published.