Modern technology gives us many things.

भुमी सुधार तथा मालपोतको सेवाको निर्णय न सच्याएर कडा आन्दोलन गर्ने ।

महागढीमाई नगरपालिका वडा:-९ बासिहरु जिल्ला प्रशासन कार्यालय बारामा धर्ना दिएकाछन।
बारा जिल्ला भुमी सुधार तथा मालपोत कार्यालयका सेवा कलैयाबाट लिदै आएको त्यो सेवा कलैयामै सुबिधा र सजिलो हुने भन्दै महागढिमाई वडा:-९ वडाको भुमी सुधार र मालपोत सिम्रोनगढ सारिएको बिरोध गर्दै वडा बासी जिल्ला प्रशासन कार्यालय बारामा धर्ना दिएकाछन।जनतालाइ सुल्भ सजिलो सेवा पाउने उदेश्य रहेकोमा ठिक बिपरित सेवालाइ असुविधा पुग्ने गरि सिम्रोनगढमा सारेको हुद सिम्रोनगढलाई बदर गरि साबिक गाबिस पिप्रा बिर्ता हाल महागढिमाई वडा:-९ का आम जनताको भुमी सुधार तथा मालपोत कार्यालय बारा बाट पाउने उपयुक्त सुबिधा भएकोले कलैयालाई यथावत राख्न भनी आज वडा बासी धर्ना दिएकाछन।
जिल्ला प्रशासन कार्यालय बारामा केही दिन अगाडि ज्ञापनपत्र बुझाइ आन्दोलनमा कार्यक्रम जानकारी गराएका बासिले धर्ना बसेकाछन निर्णय नसच्याए तप संघर्षका कार्यक्रम गर्दै जाने वडा बासी बिकेश यादवले जानकारी गराएका थिए।

Leave A Reply

Your email address will not be published.